जुम्ला । नेपाल प्रवास एकीकृत युवा मञ्चको लगानी तथा लेखा कोष सचिवमा निर्मला गुरुङ चयन भएकी छन्। प्रवासमा रहेका युवाहरूलाई एकजुट गर्दै नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको यो मञ्चले गुरुङलाई उक्त पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।
गुरुङको चयनसँगै मञ्चले भविष्यमा अझ व्यवस्थित लेखापरीक्षण, लगानी परिचालन तथा स्रोत व्यवस्थापनमा सुदृढता ल्याउने विश्वास लिइएको छ। प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजीलाई नेपालमा सदुपयोग गर्दै सामाजिक, शैक्षिक तथा आर्थिक विकासमा टेवा पुर्याउने मञ्चको उद्देश्यलाई गुरुङको कार्यकालले नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।
यसैबीच, मञ्चका पदाधिकारीहरूले गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरूको विश्वास छ– गुरुङको सक्रियता, प्रतिबद्धता र नेतृत्वले प्रवासी युवाहरूबीचको सहकार्यलाई अझ मजबुत बनाउनेछ।

डिल्ली कामी । २१ भाद्र २०८२, शनिबार १०:५५