नुवाकोटको सुर्यचौरमा हेलिकप्टर दुर्घटना

 

 

 

घटनास्थलमा प्रहरीहरु पुगि सकेकाले अहिले जलिरहेको हेलिकप्टरमा आगो निभाउने र उद्धार कार्य जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नेपालटिभी अनलाइनलाई जानकारी दिनु भयो ।

उक्त  हेलिकप्टरमा चार जना यात्रु र चालक दलका सदस्य सवार रहेको प्रारम्भिक विवरण आफुहरुलाई प्राप्त भएको प्रजिअ अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी छ ।