जिल्ला प्रहरी कार्यालय जुम्लाकाे हाताभित्र वृक्षारोपण

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाकाे हाताभित्र वृक्षारोपण गरिएकाे छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिप्रका हाताभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यालय हाताभित्र ७० वटा बिरुवाहरु वृक्षारोपण गरिएकाे डीएसपी छेदीलाल कामतीले बताए । उनका अनुसार चन्दननाथ-६ का जनप्रतिनिधिसहित सराेकारवालाकाे सहभागीतामा वृक्षारोपण गरिएकाे हाे ।

वृक्षारोपण कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रतिनिधि,स्थानीय निकायका प्रतिनिधि लगायत ५० जनाको सहभागिता रहेकाे थियो ।