अखिल (क्रान्तिकारी ) जुम्ला बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा पुष्पा नेपाली चयन

 जुम्ला  : अखिल (क्रान्तिकारी ) जुम्ला बहुमुखी क्याम्पस जुम्लाको दोस्रो सम्मेलनबाट पुष्पा नेपालीकाे अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएकाे छ ।

अखिल (क्रान्तिकारी ) जुम्ला बहुमुखी क्याम्पस जुम्लाको ईन्चार्ज जयकृष्ण जैशीकाे अध्यक्षता तथा केन्द्रीय सदस्य नरेन्द्र सेजुवालकाे प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो सम्मेलनबाट नेपालीकाे अध्यक्षतामा क्याम्पस कमिटी गठन गरिएकाे हाे ।

कमिटीकाे उपाध्यक्षहरूमा अनमिका देवकोटा र सुनिल बुढा,सचिवमा शुसिला रावल, सह-सचिवमा चन्द्रदेवी रावत तथा काेषाध्यक्षमा रेजिना विष्ट चयन भएका छन् ।

यस्तै सदस्यहरूमा मेनका बिष्ट,सविना हमाल,ममता हमाल,रिता ऐेडी,ममता थापा,चन्द्रबहादुर विक,चन्द्रमाया ऐडी र ममता बाेहाेरा रहेका छन् ।