चिसोमा तातो कर्णाली कविता कन्सर्ट भब्यता रूपमा सम्पन्न

जुम्ला : चिसोमा तातो कर्णाली कविता कन्सर्ट २०८१ भब्यताका साथ सम्पन्न भएको छ । कला घर जुम्लाको आयोजनाको जिल्लामा प्रथमपटक गरिएको चिसोमा तातो कर्णाली कविता कन्सर्ट २०८१ सम्पन्न भएकाे हाे ।

जिल्लाको मौलिकता,संस्कृति,भाषा,साहित्य,कलाको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयाेजना गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यालय अगाडि र चन्दननाथ मन्दिरको काखको एक ऐतिहासिक कार्यक्रम चिसोमा तातो कर्णाली कविता कन्सर्ट भएको हो ।


जिल्लाका कविहरु ‘धर्मेन्द्र अधिकारी’अनुपम’ जमाक कार्की ‘बैरागी बाबू’ लक्ष्मिचन्द्र न्यौपाने’आशाकिरण’ जंगबहादुर बुढा ‘विरही साइला’ ,देवकी खत्री गिरी, महेश रावल, सुमन रोकाय पुष्कर देवकोटा, विक्रम तिरुवा ‘सलिन’, धनबहादुर शाही ‘डिबी’,शुभाकर विश्वकर्मा ‘अछुत कोपिला’ लगायतका कविहरुका कविताहरु वाचन भएका थिए ।

त्यसैगरी जिल्ला वरिष्ठ जेष्ठ साहित्यकार परिमल जुम्लीले कर्णालीको भाषा,साहित्य,संस्कृतिको विश्लेषण गरेका थिए ।