अभियान्ता खगेन्द्र सुनार गिरफ्तारीकाे विराेधमा जुम्लामा  विराेध प्रदर्शन

जुम्ला : अभियान्ता खगेन्द्र सुनार गिरफ्तारीकाे विराेधमा जुम्लामा प्रदर्शन गरिएकाे छ । मंगलबार  नेपाल प्रहरीले सुनारलाई गिरफ्तार गरेकाे थियाे ।

उनी एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका थिए । दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेकाे विराेधमा जुम्लामा विराेध प्रदर्शन गरिएकाे हाे ।

संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । उनकाे गिरफ्तारीकाे विराेधमा जुम्लामा प्रदर्शन गरिएकाे हाे ।

सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई  गरिएकाे घृणाविरूद्व विराेध र्याली निकालिकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नजिकैबाट सुरू भएकाे विराेध र्याली जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेर टुंगिएकाे थियाे ।

टाेलीले सुनारकाे गिरफ्तारीकाे विराेध गर्दै रिहाइकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएकाे थियाे ।

  सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।