जुम्ला । नेपाली चलचित्र ‘प्रकाश’ भदौ २८ गतेदेखि जुम्लामा प्रदर्शन गरिने भएको छ । जुम्लाकै एक शिक्षक बन्ने चाहने युवाको कथामा आधारित र जुम्ला मै छायांकन गरिएको चलचित्र प्रकाशको जुम्लामा च्यारिटी शो गरिने भएको हो ।
चलचित्रका कलाकार धनराज सुनारका अनुसार जुम्लामा नाटकघर निर्माणको लागि चलचित्र प्रदर्शन गर्न लागिएको हो । यसअघि चलचित्रको जुम्लाको तिर्खु गाउँमा वल्र्ड प्रिमिएर गरिएको थियो । हाल चलचित्र नेपालसहित विश्वका १ दर्जन बढी देशमा चलिरहेको छ ।
“जुम्लामा अहिलेपनि थिएटर छैन । थिएटर नहुँदा यहाँका कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएका छैनन् । छिटफुट रुपमा हुने सडक नाटकभन्दा हामी माथि उठ्न सकेका छैनो । हामी नाटकको माध्यमबाट जुम्लाको कला, संस्कृति, रहनसहन र स्थानीय भाषाको पहिचान गराउन चाहन्छौ सुनार भन्छन् । ” हुन सकेको छैन ।
चलचित्रमा मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । भने, जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार, धनराज सुनार, पुर्ण प्रसाद चौलागाई, राजकली महत लगायतले पनि चलचित्रमा अभिनय गरेका छन् । चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
जुम्ला दर्पण । २१ भाद्र २०७९, मंगलवार १२:२७