जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा आज मिति २०८२/०३/१६ मा अन्दाजी दिउँसो ३ बजे आएको पहिरोले भेडा बगाएको छ।
बर्षातका कारण आएको बाढिले तातोपानि ८ का स्थानीय भेडा कृषक सर्प राज रावत लगायत ८ जनाको भेडाको बथान चरिरहेको अबस्थामा बाढि पहिरोले बगाएको र भेडा ,बाख्रा ,घोडा बगाएको छ । अहिले सम्म २२ ओटा भेडा मरेको भेटिएको अरु बेपत्ता भएको जानकारी तातोपानी -७ का अध्यक्ष तिलक रावतले जानकारी गराए ।
उक्त घटनाबारे वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई साँझ ५ बजे टेलिफोनमार्फत खबर समेत गराइसकेको बताउनु भयो ।
उनका अनुसार बगाएका भेडाको सङ्ख्या करिब १२०० को बथान मा रहेको जानकारीमा आएको छ अन्य क्षतिको विवरण हालसम्म एकिन भएको छैन।
घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट ५/६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्ने जुम्ला प्रहरीले जनाएको छ।
यस घटना बारे थप विवरण सङ्कलन गर्न भोलि २०८२/०३/१७ मा प्रहरी टोली खटिने र त्यसपछि मात्र एकिन हुने बताउनु भएको छ । पाटनमा रहनु भएका अन्य भेडा कृषकहरू लाई सुरक्षित रहन समेत अनुरोध गरिएको छ ।

डिल्ली कामी । १६ असार २०८२, सोमबार १९:४०