तातोपानी-६ को दोस्रो वडा सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्ण खड्का चयन

जुम्ला : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तातोपानी गाउँपालिका वडा नम्बर ६ को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कृष्ण खड्काको अध्यक्षतामा १५ सदस्यीय  वडम समिति चयन गरिएकाे छ ।

वडा समितिको उपाध्यक्षमा पवित्रा अधिकारी, सचिवमा मोहन कुमार खड्का र सह-सचिवमा हरि कामी चयन भएको सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तातोपानी गाउँपालिकाका अध्यक्ष विशाल खड्काले जानकारी दिए ।

उनका अनुसार सदस्यहरुमा मनोज खड्का,विस्न खड्का, तिल खड्का, काली सार्की, जालगेडी कामी, धनलक्ष्मी सुनार, पूर्ण सुनार,हस्त खड्का टसी सार्की,दत्त कामी र माया कामी चयन भएका छन् ।

दोस्रो सम्मेलन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला सह इन्चार्ज गोमा कुँवर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुम्लाका संयोजक नवराज न्यौपानेसहित जिल्ला,पालिका र वडा स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।