नरेश भण्डारीकाे दाबी : विधेयकको मस्यौदा लेखनमा ज्ञानेन्द्र शाहीकाे कुनै भूमिका छैन

`सुझावका लागि मेलमा विधेयक पठाएको थिएँ । तर, तपाईबाट धन्यवाद आयो, सुझाव आएन ।´

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले सिञ्जा सभ्यता विधेयककाे मस्याैदा लेखनमा कुनै भूमिका नरहेकाे दाबी गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामाे स्ट्याटस लेख्दै भण्डारीले सिञ्जा सभ्यता विधेयककाे मस्याैदा लेखनमा कुनै भूमिका नरहेकाे दाबी गरेका हुन् । कार्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा सिञ्जा सभ्यता विधयेक आफूले लेखेकाे बताएका थिए ।

जनसभामा सम्बाेधन गर्दै शाहीले भनेका `सिञ्जा विधेयक मैले लेखेकाे हाे । मैले र नरेश जिले लेख्या हाे । फेसबुकमा म देखाइदिन सक्छु । सहयाेग माग्नु भएकाे थियाे मसँग । धन्यवाद भने मैले लेखेर पनि पठाए ।´

भण्डारीकाे प्रतिउत्तर छ,`२०७८ असोज ९ गते अर्थात कर्णाली प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गर्नु एकदिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं तपाई अभियान्ता हुँदा सिन्जाको बासिन्दा भएकाले मैले सुझावका लागि मेलमा विधेयक पठाएको थिएँ । तर, तपाईबाट धन्यवाद आयो, सुझाव आएन ।´

धन्यवादलाई विधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाईको दाबीलाई सत्य ठानिदिनु पर्ने हाे भन्दै प्रश्न गरेका हुन् ।

सिञ्जा सभ्यता विधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुठप्रति ध्यानाकर्षण भएको भण्डारीले उल्लेख गरेका छन् । जुम्लाका लागि शाहीले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिनु पर्ने बाध्यतालाई सत्य र जनताले मान्यता नदिने जिकिर गरेका छन् । उक्त अवसरमा शाहीले बाेलेकाे व्यक्तिगत विषयमा समेत भण्डारीले स्पष्ट पारेका छन् ।

सिञ्जा सभ्यता विधेयक लेखेको दाबी पेश गर्दै विधेयकलाई अगाडी बढाउन प्रचण्डको भुमिका नभएको आरोप लगाउदै विधेयक पारित गर्न तत्कालिन प्रधानमन्त्री प्रचण्ड कहाँ नगएर मेरो ढोकामा आउनु पथ्र्यो भन्नु सामन्ती दम्भकाे बताएका हुन् ।

उनले उल्लेख गरेका छन्,`प्रधानमन्त्री एवं अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयबाट सिञ्जा विधेयकलाई शैद्धान्तिक सहमति प्रदान गर्ने, कानुनमन्त्रीलाई निर्देशन गरेर कानुन मन्त्रालयको सहमति सुनिश्चित गराएर क्याविनेटबाट शैद्धान्तिक सहमति प्रदान गर्ने महत्वपूर्ण कार्य पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले गर्नु भएको हो । जुन वास्तविकतालाई खारेज गर्ने तपाइको दुस्प्रयत्न जुम्ली जनताका लागि अमान्य छ ।´

विधेयक पारित गर्न गरेको आफूहरूकाे अनवरत संघर्षलाई बेहिच्किचाहट स्टण्टको संज्ञा दिनु झुठाे कुराकाे पराकाष्ठा भएकाे भण्डारीकाे भनाइ छ ।

सिञ्जा सभ्यताको विकास र संरक्षणका लागि कानुनी व्यवस्था गर्न राजतन्त्रलाई कसले रोकेको हो ? कर्णालीलाई अघोषित नाकाबन्दी कसले लगायो ? सरकारी सेवामा प्रजिअको जिम्मेवारीबाट समेत बन्चित गरेर कर्णालीबासीलाई शासितको व्यवहार कसले गर्यो ? १२ बर्ष भन्दा माथिकालाई सफाया गर्न भक्ति थापालाई आदेश दिएर जुम्लीहरुको मेसेकार कसले गर्यो ? कब्जा गर्ने क्रममा जुम्ला राज्यको प्रतिनिधित्व गर्ने ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका बस्तुहरु कसले नष्ट गर्यो ? यहाँका नागरिकहरूले जबाफ खोजेका छन् । शाहीलाई भण्डारीकाे चुनाैति छ, २०८४ प्रतिक्षारत छ !