राष्ट्रिय शिक्षा दिवस : कालिका आविका विव्यस अध्यक्ष सम्मानित

जुम्ला : तातोपानी गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिका आधारभुत विद्यालय हियाँखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामी सम्मानित भएका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै विव्यस अध्यक्ष कामी सम्मानित भएका हुन् ।

तातोपानी गाउँपालिका,जुम्लाले दिवसको अवसरमा आयोजित एक समारोहका बीच कामीलाई नगद् र सम्मानपत्रसहित सम्मान गरेको हो । उनलाई नगद् पाँचहजारसहित सम्मानसहित सम्मान गरिएको थियो ।

गाउँ शिक्षा समितिको भदौ ३१ गतेको बैठकले शिक्षा शिक्षामा योगदान दिएको भन्दै कामीलाई सम्मान गर्ने निर्णय गरेको थियो । विगत केही वर्षदेखि उक्त विद्यालयको विव्यस अध्यक्ष छन् । उनको नेतृत्वमा कालिका आवीले शैक्षिक तथा भौतिक पूर्वाधारका क्षेत्रमा नमुना काम गरेको छ ।

उक्त विद्यालय गाउँपालिकाकामै नमुना विद्यालयसमेत हो । सञ्चारकर्मीसमेत रहेका नेपाल टेलीभिजनका लागि जुम्ला संवाददाता र जुम्ला दर्पण जुम्लाका लेखा तथा प्रशासन प्रमुख हुन् ।