तातोपानीकाे ताम्तीमा आँखा शिविर : २७ जनाकाे माेतिवन्दु शल्यक्रिया गरिने

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकास्थित ताम्ती स्वास्थ्य चाैकीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा अस्पतालकाे संयुक्त आयाेजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे हाे ।

तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरूप्रसाद चाैलागाईँका अनुसार ताम्ती स्वास्थ्य चौकी लामाबगर जुम्लामा सञ्चालन भएको एक दिने आँखा शिविरमा जम्मा १३७ जनाले सेवा लिएका छन् ।

तीमध्ये २७ जनाको मोतिविन्दुको शल्यक्रियाका लागि रिफर गरिएकाे उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यहीँ भाद्र २२ देखि २४ गतेसम्म माेतिविन्दुकाे शल्यक्रिया शिविर सञ्चालन हुँदैछ । उक्त शिविरमा विश्व प्रसिद्ध नेत्र विशेषज्ञ डाक्टर सन्तुक रूइत आउँदैछन् ।