नेराकस जुम्लाले बाड्याे प्रतिष्ठानमा उपचारत ७० बिरामीलाई हर्लिक्स

जुम्ला : राष्ट्रिय कर्मचारी संगठन (निजामती) कार्यसमिति जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ विरामीलाई हर्लिक्स वितरण गरेकाे छ ।

निजामती सेवा दिवसका अवसरमा  प्रतिष्ठानमा उपचारत ७० जना बिरामीलाई हर्लिक्स वितरण गरिएकाे छ । २१ ओैँ निजामती सेवा दिवसका अवसरमा सहयाेग गरेकाे नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कार्यसमिति जुम्लाले जनाएकाे छ ।

नेराकस जुम्लाका अध्यक्ष मिलन बुढ्थापाका अनुसार दिवसकाे अवसरमा बिरामीलाई सहयाेग गरिएकाे हाे ।

२१ ओैँ निजामती सेवा दिवसका अवसरमा बिरामी भेटघाट कार्यक्रम अन्तरर्गत प्रतिष्ठानमा उपचारत ७० जना बिरामीलाई हर्लिक्स वितरण गरेकाे  जानकारी दिए ।

हर्लिक्स वितरणसँगै बिरामी भेटघाट गरी स्वास्थ्य लाभकाे कामना समेत गरिएकाे छ । भने कर्मचारी र जनताबीच नङ मासु जस्तै समधुर सम्बन्ध कायम राख्नु पर्ने मान्यता राख्दै दिवसका अवसरमा विरामी भेटघाट तथा हर्लिक्स बाडिएकाे छ ।