जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ५ काे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ । साेमबार एक औपचारिक समाराेहका बीच वडाकाे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे हाे ।
सार्वजनिक सुनुवाइकाे क्रममा आ.व.२०८०/०८१ मा वडामा लागू गरिएका याेजनाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । प्रतिवेदन प्रस्तुत गर्दै वडासचिव आरती न्याैपानेले वडामा कुल ६० लाखका याेजना लागू गरिएकाे बताइन् । उनका अनुसार सबैभन्दा धेरै पूर्वाधार विकास शीर्षकमा बजेट विनियोजित गरिएकाे थियाे । यस्तै शिक्षा,खेलकुद, वन तथा वातावरण, सूचना तथा सञ्चार राेजगार र लक्षित वर्ग शीर्षकमा खर्च भएकाे उनकाे भनाइ थियाे । वडाले कुल एक लाख ३४ हजार रूपैयाँ राजस्व संकलन गरिएकाे थियाे ।
सार्वजनिक सुनुवाइकाे क्रममा गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले सुशासन पालिकाकाे मुल मन्त्र रहेकाे बताएका थिए । उनका अनुसार साेही अनुसार सम्पूर्ण वडामा सार्वजनिक सुनुवाइ सुरू गरिएकाे हाे ।
उपाध्यक्ष रेवती रावलका अनुसार उपाध्यक्ष कायर्यक्रम अन्तर्गत महिला शसक्तिकरणका लागि कार्यक्रम लागू गरिएकाे छ। सुत्केरी महिला,असहाय तथा विपन्न महिला लक्षित कायर्यक्रम तर्जुमा गरिएकाे रावलले बताइन् ।
कर्मचारी र सेवाग्राहीबीचकाे सम्बन्ध सुमधुर हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले जाेड दिएका थिए ।वडा अध्यक्ष छिरिङ महतले जनताकाे काम गर्न कै लागि आफूहरू निर्वाचित भएकाे भन्दै सेवा प्रवाहमा ढिलासुस्ती नहुने बताए ।
उक्त अवसरमा स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सराेकारवालाहरूकाे सहभागिता रहेकाे थियाे । तातोपानी मल्टिमिडिया प्रा.लि. जुम्लाकाे सहजीकरण र तातोपानी गाउँपालिकाका वडाहरूमा सार्वजनिक सुनुवाइ भइरहेकाे छ । यसअघि वडा नम्बर २ र ३ मा सम्पन्न भइसकेकाे छ ।
जुम्ला दर्पण । ७ आश्विन २०८१, सोमबार २१:४४