मुगुबाट ‘कालोपोथी’ निर्देशक मीन भाम कांग्रेस उम्मेदवार सिफारिस

काठमाडौं । फिल्म ‘कालोपोथी’का निर्देशक मीनबहादुर भाम मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिका–४ का भामलाई पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको हो ।

 

२०७८ सालदेखि नै कांग्रेससँग आबद्ध भाम त्यतिबेला पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा थिए । उनले नेविसंघको समिति र विभिन्न इकाईमा रहेर पनि काम गरेका छन् । २०५४ देखि २०५६ सम्म उनी नेविसंघ मुगु जिल्लाको महासचिव भएर काम गरेका थिए ।

मानवशास्त्रमा यतिबेला विद्यावारिधि गरिरहेका निर्देशक भाम फिल्मका एसोसिएट प्रोफेसर समेत हुन् । भेनिसमा प्रिमियर भएको कालोपोथीपछि भामले अन्तर्राष्ट्रिय प्रसिद्धि समेत हासिल गरेका छन् ।उनले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘चिसो वर्ष’ पुस पहिलो सातादेखि छायांकनमा जाने तयारीमा छ । @onlikhabar