मुगु: भुमि समस्या समाधान आयोग मुगुका अध्यक्ष राम बहादुर रावतले पदभार सम्हालेका छन् । आईतवार एक कार्यक्रमका बीच आयोगका अध्यक्ष रावतले जिल्ला समन्वय समिति मुगुको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन ।
उनीसँगै सदस्य सुर्यदेवि मल्लले पनि पदभार ग्रहण गरेकी छन् । उनी दुवै जना नेपाली कांग्रेस पार्टीबाट भुमि आयोगको पदाधिकारीमा रहेका छन् भने नेकपा एमालेले बिज्ञ सदस्य र सदस्य पद हाल सम्म टुंग्याउन सकेको छैन भने अहिले ति दुई पद खाली छन् ।
पदभार ग्रहण कार्यक्रममा नापी कार्यालय कार्यालय प्रमुख एवम् भुमी समस्या समाधान आयोग मुगुका जिल्ला समितिका सदस्य सचिव न्युटन कुमार गोईतका अनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गरेको हो ।
मुगु जिल्लाका लागि रावत आयोगको अध्यक्षमा नियुक्त भएका छन् । उनी खत्याड गाउँपालिकाका स्थायी बासिन्दा हुन् । नवगठित आयोगका अध्यक्ष रावतका अनुसार आयोगले पूर्णता पाएलगत्तै समितिले जग्गाधनीपुर्जा पाउने प्रतीक्षामा रहेका सुकुम्बासीलाई कुनै आग्रह पूर्वाग्रह नराखी जग्गाधनीपुर्जा वितरण गरिने बताए ।
उनले भएका कामका अध्ययन गरेर बाँकी काम अघि बढाउने जानकारी दिए । समितिका सदस्य सचिव गोईतका अनुसार आयोगको पूर्णता र केन्द्रको निर्देशन पछि आयोगका काम सूचारु हुने जानकारी दिए ।
जुम्ला दर्पण । १३ माघ २०८१, आईतवार १८:०४