जुम्लामा चाडपर्व केन्द्रीत सुपथ मूल्य पसल सञ्चालन हुने

जुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाले चाडपर्व केन्द्रीत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ ।

दुई महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन हुने भएकाे हाे । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख सन्ताेष तिवारीका अनुसार सेवाग्राहीलाई लक्षित गर्दै  जुम्लामा आगामी असाेज १३ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुनेछ ।

नेपालीहरुकाे महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै सहुलियत मूल्य पसल सञ्चालन हुन लागेकाे प्रमुख तिवारीले बताए ।
सहुलियत मूल्य सञ्चालनपछि प्रतिकेजी चामलमा ५ रुपैयाँ छुट हुनेछ ।  सहुलियत मूल्य पसल सञ्चालन गर्न ५ हजार क्वीन्टल चामल छुट्टयाइएको छ ।

चालू आवका लागि जुम्लामा ९ हजार क्वीन्टल चामलकाे काेटा छुटाइएकाे छ ।
खाद्य संस्थानमा हाल स्ट्रिम जिरा मसिनाे,अरुवा माेटा र साेना मन्सुली चामल बिक्रीवितरण हुँदै आएकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले सहुलियत मूल्य पसल सञ्चालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५ प्रतिबाेरा पर्ने बताए ।

१६ सय ७५ रुपैयाँ पर्ने अरुवा माेटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने साेना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा बिक्रीवितरण हुने छ ।

चाडपर्वका बेला सहुलियत पसलबाट थाेरै छुटले पनि विपन्न नागरिकलाई राहत हुने समेत अपेक्षा गरिएकाे छ । हाल खाद्यबाट दैनिक १२० देखि१३० क्वीईन्टल चामल विक्रि भईरहेकाे छ ।