जुम्ला : जिल्लामा दशैँतिहार लक्षित `पर्वाेउत्सव सुपथ छुट मूल्य पसल´ सञ्चालनमा आएकाे छ । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा जुम्लाले पसल सञ्चालनमा आएकाे हाे । सुपथ छुट मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यालय प्रमुुख सन्ताेष तिवारीका अनुसार `पर्वाेउत्सव सुपथ छुट मूल्य पसल´ पाँच हजार क्वीन्टल चामलकाे काेटा छुट्टाइएकाे छ जिल्लामा दुई डिपाे र तीन बिक्री केन्द्र छन् । डिपाे । बिक्री केन्द्रबाट समेत चामल बिक्री हुने प्रमुख तिवारीले बताए ।
शाखाबाट पच्चिस सय र डिपाे र बिक्री केन्द्रबाटपनि २५ सय क्वीन्टल चामल बिक्री गरिनेछ । तिवारीले जुम्लाकाेट र धापा डिपाे तथा ताताेपानीकाे पातरसाँघु,पातारासीकाे लुम र हिमाकाे बाझगाडमा बिक्री केन्द्र रहेका छन् ।
प्रत्येक डिपाे र बिक्री केन्द्रबाट पाँच सय क्वीन्टल चामल बिक्री गरिने उनले बताए ।
स्टिम जिराे मसिनाे,साेना मन्सुली र अरूवा माेटा चामल बिक्री हुनेछ । नागरिकले प्रति के.जी.५ र प्रतिबाेरा १२५ छुट पाउनेछन् ।
स्टिम जिराे मसिनाे चामलकाे छुट पछिकाे बिक्री मूल्य प्रतिबाेरा २ हजार २ सय ७५ रूपैयाँमा किन्न सक्नेछन् ।
साेना मन्सुली चामलकाे १ हजार ६ सय २५ र अरूवा माेटा चामल प्रति बाेरा १ हजार १ सय ५५ रूपैयाँ पर्नेछ । हरेक दिन विहान १० बजेदेखि दिउँसाे २ बजेसम्म चामल वितरण गरिनेछ
जुम्ला दर्पण । १३ आश्विन २०८१, आईतवार १२:०१