योजना सेवाग्राहीको हो,बिचौलियाको होइन : मुख्यमन्त्री कंडेल

मुगु :  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कंडेलले राज्यका तीनै निकायबाट सञ्चालित हुने योजना तथा कार्यक्रम बिचौलियाको नभई सेवाग्राही हकमा हुनु पर्ने बताएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ शाखा मुगुले आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री कंडेलले पत्रकारहरु संग यस्तो कुरा बताएका हुन ।
संविधानतय देशमा तिन तहका सरकार छन् । तिनै सरकारबाट निर्णय भई बजेट विनियजेजित भईसकेका योजना तथा कार्यक्रम यथासिघ्र प्रभावकारी रुपमा समयमै सम्पन्न गर्न प्रदेश सरकार लागि परेको छ ।

यो बिषयमा कर्णाली प्रदेश सरकारका मन्त्रालयमा छलफल भई सकेकाे छ । मन्त्रालयबाट बिनियोजित बजेटका योजना असुन्तलित र भेदभावपुर्ण नभई सबैको समान सहभागीता हुनुपर्ने बताए ।

री बिचौलियको नभई सेवा ग्राहीको बनाउनका लागि आफुले कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, हुम्ला ,कालीकोट र मुगुमा पुगी स्थानिय सरकार, राजनितिक दल तथा अन्य सरोकारवाल निकायसंग छलफल गर्दै अगाढी बढ्ने कर्णाली प्रदेश सरकारको योजना रहेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कंडेलले बताएका थिए ।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्बदलय बैठक र दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा स्थानीयत तह तथा सरकारी कार्यलय राजनीतिक दलसँग भएको छलफलमा मुख्यमन्त्री कंडेलले कोहलपुर—सुर्खेत सुर्खेत—हिल्सा सुर्खेत— डोल्फा भेरी करिडोर नाग्मा—गमगढी हुदै नाक्चेलाग्ना सडक बिस्तार गर्दै दुई लेनको सडक निर्माणका लागि संघीय सरकारका प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरुसँग यो बिषयमा अगाढी बढाई दिन आग्रह समेत गरेको बताएका थिए ।

प्रदेश सरकारबाट सञ्चालित केही गौरवका योजनाहरु हाल सञ्चालनमा रहेका छन् । ती योजना समयमै सम्पन्न गर्नका लागि प्रदेश सरकार लागि परेको भएपनि निमार्ण जिम्मा लिएका ठेकेदारहरुकै कारण केही योजना अलपत्र अवस्थामा छन । यस्तो हुनुको मुख्य कारण ठेकेदार पक्षनै हो ।

योजना निर्माण प्रक्रियामा हुने परिक्षामा ठेकेदार पास हुने र प्रदेश सरकार फेल हुनुको मुख्य कारण भनेकै उनीहरुको माथि सम्मको पहुँच र पैसा रहेको समेत बताएका थिए ।