जुम्ला कारागारका कैदीबन्दीहरूकाे क्षयरोग र एचआईभी परिक्षण

जुम्ला : ६९औ प्रहरी दिवस २०८१ काे अवसरमा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूकाे स्वास्थ्य परिक्षण गरिएकाे छ । दिवसकाे अवसर पारेर कारागारमा कैद भुक्तान गरिरहेका कैदी तथा थुनुवाहरुको क्षयराेग र एचआईभीकाे परिक्षण गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमालका अनुसार दिवसकाे अवसरमा कैदी तथा थुनुवाहरूकाे नि:शुल्क स्वास्थ्य परिक्षण गरिएकाे थियाे ।

कारागारमा रहेका ११५ पुरुष र ७ जना महिला कैदी तथा थनुवाहरुको स्वास्थ्य परिक्षण गरिएको उनले बताए । तीमध्ये दुई जना कैदीमा क्षयरोगकाे आशंका गरिएकाे सूचना अधिकारी हमालकाे भनाइ छ ।

उनीहरूलाई थप परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएकाे छ । अन्य कैदीहरूकाे भने विस्तृत रिपोर्ट आएपछि थाहा हुने उनले बताए ।