जुम्ला : जिल्लाकाे पातारासी-६ मा रहेकाे ऐतिहासिक नाैमुडे बाबाकाे मन्दिरमा १०९ केजीकाे नेपाल ब्राण्डकाे कलात्मक घण्टी स्थापना गरिने भएकाे छ ।

वर्षाैदेखि ओझेलमा रहेकाे खसकालीन मन्दिरकाे प्रचारप्रसारका लागि १०९ केजीकाे नेपाल ब्राण्डकाे कलात्मक घण्टी स्थापना गरिने भएकाे हाे ।
मन्दिरकाे संरक्षण प्रवर्द्वन गर्ने, मन्दिर वरपर रहेको वन तथा लालीगुँरासको संरक्षण गर्ने,जिल्ला हुँदै राष्ट्रियस्तरमा मन्दिरकाे महत्व,इतिहासबारे प्रचारप्रसार गर्ने र नौमुडे बाबाको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले नाैमुडे बाेबा समूहले विभिन्न गतिविधि गरिरहेकाे छ ।
गाउँपालिकाबाट २०८० चैतमा पर्यटन टिमलाई भ्रमण गराएर गाउँमा १०५ जनाको आमभेला र जेष्ठ नागरिक कृष्णबहादुर बुढाको अध्यक्षतामा बैठक बसी ९ सदस्यीय समिति गठन गरिएकाे थियाे ।
नवगठित समूहको निर्णय समूहका अध्यक्ष गणेश बुढाको खातामा सहयोग रकम संकलन गरिरहेकाे समूहका सल्लाहकार ऐनबहादुर कठायतले बताए । उनका अनुसार आर्थिक संकलन योजना अनुसार १०९ केजीकाे कलात्मक नेपाली बराण्ड को घण्टी स्थापना गर्ने र अनुमानित लागत मूल्य बनाउनदेखि ढुवानी र राख्ने संरचनासम्म कुल लागत ५-६ लाख लागत लाग्नेछ ।
उक्त घण्टी आउँदाे चैत २३ गते चैते दशैँमा सथापना गरिने अर्का सल्लाहकार पन्नीबहादुर बुढाले बताए । धार्मिक आस्थावान इच्छुक स्वदेश तथा विदेशमा रहेका नागरिकबाट संकलित रकम,सामाजिक कार्य तथा देउसी भैलोबाट संकलित रकम र सामाजिक तथा धार्मिक कार्यमा संलग्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा घण्टी स्थापना गरिने उनकाे भनाइ छ ।
चालू आर्थिक बर्षमै पातारासी गाउपालिका संस्था दर्ता ऐन २०८१ कार्यपालिकाबाट स्वीकृत गराई ऐन अनुसार विधान तयार पारी हाल पालिकामा बुझाएको कार्यपालिकाबाट विधान एक हप्तामा पास भएपछि प्रमाणपत्रसहित कानुनी हिसाबमा दर्ता हुने र समितिकाे नाममा संयुक्त बैंक खाता सञ्चालनमा ल्याउने तयारी गरिएकाे छ ।
शुभाकर विश्वकर्मा । २६ श्रावण २०८१, शनिबार ०९:२२