जुम्ला । जुम्लाको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । घाइते वडाध्यक्ष शाहीको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उक्त पालिकाको वडा नं.४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा आईतबार साझा आफूमाथि चक्कु प्रहार भएको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । घर फर्किंदै थियौं । एक्कासि चक्कु प्रहारभयो । वडाध्यक्ष शाहीले भन्नुभयो,“ कुनै प्रकारको विवाद थिएन । कानुनी प्रक्रियामा अघि बढेको छु । ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारी भइरहेको छ । शरीरका विभिन्न भागमा १७ स्थानमा टाँका लगाइएको वडाध्यक्ष शाहीले बताउनुभयो । ” तिला–३, र ४ का स्थानीय युवाहरु हुन प्रहरीकाले अनुसन्धान गर्न भएकोले नाम सार्वजनिक गरिएको छैन वडाध्यक्ष शाहीको भनाइ छ । चक्कु प्रहार गर्ने युवाविरुद्ध निवेदन परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी असिम हमालले जानकारी दिनुभयो ।
तिला – ४ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि ढुंगा प्रहार भएको छ । गाउँपालिकाको विकासे योजना अनुगमन गर्न गएका जनप्रतिनिधि माथि आक्रमण भएको छ । दोषीलाई कडा कारबाहीको माग गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।
तीन जनामध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको छ । अन्य व्यक्तिलाई खोजी कार्य भईरहेको छ । घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समुहकाछन् । प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन ।

जुम्ला दर्पण । २० जेष्ठ २०८२, सोमबार २२:४६