जुम्ला: प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा नेपाल सरकारले जुम्ला जिल्लाको हाँकु सामुदायिक बीउ बैंकलाइ पुरस्कृत गरेको छ।

हाँकु सामुदायिक बीउ बैंकले लीबर्ड, राष्ट्रिय जीन बैंक, वायोभर्सीटी लगायतका संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा २०७७ सालमा जुम्ला जिल्लामा व्यापक खेती गरिने रातो कोदो राष्ट्रिय बीउ विजन समितिमा दर्ता गरी त्यसको निरन्तर बीउ उत्पादन तथा प्रवर्द्धन कार्यमा योगदान पुर्याए वापत नगद १५ हजार तथा प्रमाणपत्र सहित हाँकु सामुदायिक बीउ बैंकलाइ सम्मानित गरेको हो।

हाँकु सामुदायिक बीउ बैंककी अध्यक्ष कविता जैसी पराजुली र उनको टिमलाइ प्रदान गरिएकाे हाे ।

जुम्ला दर्पण । १७ श्रावण २०८२, शुक्रबार १७:३४