डिल्ली अन्जान
जुम्ला
जुम्लाको तिलागाउँपालिका वडा ६ मा बालबिबाह मुक्त वडा घोषण गरेको एक महिना पछि मासिक अन्तरक्रियाकार्यक्रम गरिएको छ ।
शुक्रबार तिलागाउँपालिका वडा नं ६ मा वडा सरकार संग युवा युवाति र किशोर ,किशोरी संग वडा को बिकास र बालबिबाह सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।
किर्ड्क नेपाल ,वर्ड भिजन र गाउँ पालिकाको आर्थिक सहयोग र वडा को आयोजना मा कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष जंग रोकायाले भताए ।उनका अनुसार कार्यक्रम मा वडा भित्रका युवा युवाति र बालबालिका मात्र नभई तिला गाउँपालिका वडा नं ७ पोखरी गाउँ र घोडेसिम गाउँका बालबालिकाको ब्यपक उपस्थित मा कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रम मा बोल्दै वडा अध्यक्ष रोकायाले भन्नू भयो वडा मा रहेका बिकासि गतिविधि र वडा मा हुने बिकृति,बिसंगतिका विरुद्धमामा अगाडि बड्न वडा सरकारले युवा कल्ब र बाल कल्बलाई सदैव साथ ,सहयोग दिनेछ । त्यसतै यहाँ वडा सरकार गलत बाटोमा गए हामी खबरदारी पनि गर्नेछौं ।
तिला गाउँपालिका वडा नं ६ मा रहेकोे त्रिशक्ति बालकल्बका अध्यक्ष कविता रावत ले उक्त अन्तर क्रियाकार्यक्रम मा भन्नुभयोको छ। यस् अन्तर क्रिया कार्यक्रम मा छलफल गर्दा २० बर्षा माथी का अविवाहित युवा युवाति यस वडा मा जम्मा ८६ जन रहेको र युवा ५७ जन युवाति २९ जनि रहेको १६ बर्षा देखि २० बर्षा मुनि का बालबालिका १२४ रहेको र बालक ६१ बालिका ६३ जनि को तथ्यांक संकलन गरिएको कार्यक्रम सहयोगी संस्था किर्ड्क नेपाल जुम्ला कि प्रतिनिधि प्रमिला बुढा ले बताइन ।
उक्त वडा लाई गत बैशाख २६ गते बालविवाह मुक्त वडा घोषण गरिएको थियो। जेष्ठ २६ गते एक महिना भयो महिना दिन मा वडा मा के कति गतिविधि भए भनी प्रत्येक्ष जान्कारि पाउनकोलागि ” बालविवाह र वडा को बिकासि गतिविधि” बिषयमा एक दिने अन्तर क्रिया कार्यक्रम गरिएको हो । बालविवाह मुक्त हामी सरकारववाला युवा युवाति वडा भरिका तिनै समुदायले बिवाहाबारि २० बर्षा पारि भनी प्रतिबद्धता गरेका थियौ। बिबाह गर्दा वडा बाट सिफारिस लिइ उमेर पुगेर मात्र बिवाहा गर्ने गरौंने भनी संकल्प प्रस्तावमा हामी सरकारवाला ,युवा युवाति, बालबालिका र तिनै समुदायको सयुक्ता हस्ताक्षर गरिएको छ ।
यो बालविवाह मुक्त कार्यक्रमलाई सफल पार्न यो सयुक्ता संकल्प प्रस्ताव ले अफुललाई कार्यनयन गर्न थप इट्टा हुने अध्यक्ष रोकायाले भने ।
अहिलेसम्म हाम्रो वडामा दुईवटा बिबाह भएकाछन कानुन सम्बन्धित छन। आगामी दिनमा बालविवाह मुक्त वडा सफल पार्नलाइ विभिन्न किसिमका अभियान तथा कार्यक्रम संचालन गरिने अध्यक्ष रोकायाले बताए।

जुम्ला दर्पण । २७ जेष्ठ २०८०, शनिबार १०:२१