जुम्लामा ६ महिनामा १४ वटा मानव अधिकार हननका घटना

जुम्ला : नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाका विषयमा सराेकारवाला निकायबीच अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेककाे आयाेजनामा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।

इन्सेक प्रतिनिधि मानदत्त रावलका अनुसार ६ महिनामा १४ वटा मानवअधिकार उल्लनघंनका घटना घटेका छन् ।  तीमध्ये हत्या र कर्तव्य ज्यानका दुई वटा घटना घटेका छन् ।

 महिलामाथि हुने भेदभाव र दुव्र्यवहारका ३ वटा,याैन दुव्र्यवहार/ बहुविवाहका ६ वटा घटना घटेकाे उनले बताए ।  प्रतिनिधि रावलले कर्मचारी/ शिक्षकमाथि दुव्र्यवहारका ३ तथा आगलागी/ ताेडफाेडका १ वटा रहेका छन् ।

तीमध्ये केही घटना अनुसन्धानकाे क्रममा छन् भने केही घटनामा मिलापत्र भइसकेकाे छ ।यस्ता घटनाहरूले सम्मानपुर्वक बाँच्न पाउने अधिकार हनन भएकाे उनले बताए ।