पानसय क्षेत्र´का देउती कैलाश र समाज चेतना युवा क्लब फाइनल प्रवेश

जुम्ला : जुम्लामा जारी जिल्ला स्तरीय दलित युवाहरूबीच खुला पुरुष फुटबल प्रतियाेगिताकाे फाइनल शनिबार हुने भएकाे छ ।

दलित सेवा संघ जुम्लाद्वारा आयाेजित जिल्ला स्तरीय फुटबल प्रतियाेगिताकाे फाइनफ खेल समाज चेतना युवा क्लब तातोपानी-६ हियाखाेला र देउती कैलाश युवा क्लब तिला-३ कुडारीबीच हुने भएकाे हाे ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा प्रतिष्पधर्धी टिमलाई हराउँदै समाज चेतना र देउती कैलाशले उपाधि भिडन्त पक्का गरेका हुन् ।
शुक्रबार भएकाे पहिलाे सेमिफाइनल खेलमा लायन युवा क्लब चन्दननाथ-२ तलिचाैरलाई ०-१ गाेल हराउँदै देउती कैलाश युवा क्लब फाइनल प्रवेश गरेकाे थियाे ।

देउती कैलाशले पहिलाे हाफकाे सुरूवाती दश मिनेटमै पेनाल्टी मार्फत अग्रता लिएकाे थियाे ।

यता, लायन युवा क्लबले भने निधर्धारित समयमा गाेल गर्न सकेन । दाेस्राे हाफकाे अन्तिमतिर लायनले गाेल गरेपनि रेफ्रीले मान्यता नदिएपछि बराबरी गर्ने अवसर गुमायाे ।

दाेस्राे सेमिफाइनल खेल राेयल युवा क्बल छिना र समाज चेतना युवा क्लब हियाखाेला बीच भएकाे थियाे । उक्त खेलमा राेयल छिना यूवा क्लबलाई ०-१ गाेलले पराजित गर्दै समाज चेतना यूवा क्लबले फाइनलकाे यात्रा तय गरेकाे हाे ।

निर्धारित समय अवधिभर राेयल छिना यूवा क्बलले उत्कृष्ट खेल प्रर्दशनका बीच पनि गाेल फर्काउन नसक्दा सेमिफाईनलबाट बाहिएकाे छ

टुडिखेल मैदानमा हुने फुटबल प्रतियाेगिता मध्य पहिलाे पटक उपाधीका पानसय क्षेत्रका टिम भिड्दै छन् । यस अघिका सबै आयाेजनामा विजेता उपविजेता टिम सधै नगरपालिका क्षेत्रकै क्लब हुन्थे ।
प्रतियाेगितामा जिल्लाभरबाट १७ वटा टिम सहभागी रहेकाे दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम सार्कीले बताए । उनका अनुसार फाईनल खेल शनिवार ११ बजेपछि हुने छ ।