दर्पण संवाददाता,सुर्खेत
रारा राष्ट्रिय म्युजिक अवार्ड-२०७९ हुने भएको छ। आगामी असोज महिनाको अन्तिम साता काठमाडौँमा हुने भएको हो। जसका लागि आयोजकले आवेदनको खुल्ला गरेको छ। फारम भर्ने समय साउन १५ देखि साउन मसान्तसम्मलाई निर्धारण गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्था कर्णाली कलाकार समाज रहेको छ। कर्णाली कलाकार समाजले समय अवधिभित्र फारम भरेर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन गीत, संगीतका विभिन्न विधामा आवद्ध सम्पूर्ण कलाकारहरुमा आव्हान गरेको जनाएको छ।
निष्पक्ष रूपमा आयोजना हुने यो अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकन एस।एम।एस। भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने र ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय रहने समाजका अध्यक्ष पदम रोकायाले जानकारी दिए।
जुम्ला दर्पण । १९ श्रावण २०७९, बिहीबार १९:०८