प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगितामा जुम्ला विजेता

रेशम अनुराग

जुम्ला -प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले

ले उचालेको छ ।आज भएको हुम्ला र जुम्लाको फाइनल खेलमा हुम्लालाई हराँउदै जुम्लाले उपाधि उचालेको हो ।
जुम्ला र हुम्लाको फाइनल खेलमा शुन्य गोलको विरुद्ध ४ गोल गरी जुम्ला प्रथम भएको हो। जुम्लाका ७ नं जर्सीका खेलाडी रुबिन भण्डारीले ह्याट्रिक गरेका थिए। भण्डारी सबैभन्दा वढी गोल गर्ने खेलाडी बनेका छन्। उनीले जम्मा ४ गोल गरेका थिए।

हुम्लाले उपविजेतामा चित्त बुझाएको छ। फागुन १५ गतेदेखि संचालन भएको उक्त प्रतियोगिता आज समापन भएको हो।
सो प्रतियोगीतामा आयोजक जुम्ला,हुम्ला,मुगु, कालिकोट, सुर्खेत र जाजरकोट गरी ६ जिल्लाले भाग लिएका थिए।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गर्न प्रतियोगीता जुम्लामा सुरु भएको थियो। सो प्रतियोगिता २०८१ मंसीर २ गते देखि ९ सम्म कर्णाली प्रदेशमा हुने भएको छ।