जुम्ला – जुम्लामा शुक्रवार जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन तथा मानव अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ? ।
मानवीय मूल्य र प्रतिष्ठाकासाथ जीवन यापन गर्न मानवलाई आवश्यक पर्ने न्यूनतम अधिकारहरूको समष्टिगत रूप नै मानव अधिकार हो । मानव अधिकार मानवका जन्मसिद्ध, नैसर्गिक र आधारभूत अधिकार हो।
कार्यक्रममा प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी लगायतको टोली जिल्ला प्रहरी सब इनिक्पेटर सहित रहेको सो कार्यक्रम संचालन भएको थियो।
उक्त अभिमुखिकरण कार्यक्रममा जिल्लाका युवाहरुको उपस्थितीमा विभिन्न विषयमा छलफल गरि सम्पन्न भएको थियो । सो कार्यक्रममा इन्सेक नेपाल ए इ आइएन को समन्वय र रोयम नेपालको सहयोग तथा जिल्लाका युवाहरुको उपस्थितिमा संचालन भएको थियो ।
युवाहरुले आफ्नो अधिकार कसरी र आफुले नेतृत्व गरेको ठाउँमा कसरी काम गर्ने भन्ने कुराको छलफल भएको थियो । त्यस्तै मानव अधिकार भनेको के हो भन्ने वारेमा छलफल गर्दै कार्यक्रम संचालन भएको थियो ।
उक्त कार्यक्रममा मानव अधिकार कर्मीको सिद्धांत र कामका विषयमा व्यापक छलफल भएको थियो र कार्यक्रमका प्रशिक्षक नेपाल पत्रकार महासंघ जुम्लाका सचिव तथा मानव अधिकार र इन्सेक कर्मी मानद्त्त रावल र मानव अधिकार कर्मी सन्तोष विक थिए।
साथै उहाँहरुका अनुसार राज्यले अभिभावक विहीन बालबालिकाको जिम्मेवार हुनु पर्छ र त्यसको लागि आवाज उठाउने युवा र मानव अधिकारको दायित्व हो राज्यले उनीहरूको व्यवस्था गर्नु पर्छ मानव अधिकार कर्मी रावलले बताए ।
उनका अनुसार मानव अधिकारको विषयमा बोल्न र काम गर्नको लागि अध्ययन शिल र निष्पक्ष हुनु पर्छ अहिलेका युवाहरु हुनु पर्छ । समाजमा राम्रो काम गर्नु पर्ने जस्ता कुराको सिकाई भएको उनको भनाइ छ ।
र जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । पारश सुनारको नेतृत्वमा २५ सदस्यीय संजाल गठन भएको हो।
डिल्ली कामी । १४ मंसिर २०८१, शुक्रबार १४:४०