पत्रकार महासंघको जुम्ला अध्यक्षमा प्रेस सेन्टरका चाैलागाई निर्वाचित

जुम्ला : नेपाल पत्रकार महासंघको जुम्ला शाखा अध्यक्षमा पुर्ण प्रसाद चाैलागाई निर्वाचित भएकाछन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चाैलागाई अध्यक्षमा निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ याेगीले जानकारी दिए ।

जम्मा मतदाता संख्या ५४ मध्ये ५३ मत खसेको थियो । अध्यक्ष चाैलागाईले २८ मत ल्याउनु भएको थियो । उनका प्रतिस्पर्धी शाहीले २५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक याेगीले बताए ।

जिल्ला कार्य समितिमा चाैलागाईकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा नाैरेते नेपाली , महिला उपाध्यक्षमा गीता शाही , सचिवमा प्रकाश उपाध्याय , काेषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुवर र समावेशी सचिवमा सरीता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक याेगीले बताए ।

त्यस्तै सदस्यहरुमा मोहन शाही, टेक हमाल , सिता कुमाई ,सपना रावत , सिवानी वि.क.,लक्ष्मी न्यौपा‌ने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रेस सेन्टरबाट दुई अध्यक्ष उम्मेदवार भएपछि चाैलागाईलाई प्रेस युनियन र प्रेस चौतारीले समर्थन गरेको थियो । समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले गठबन्धन गरेका थियो । निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ।