तातोपानीको दुर्गम बस्ती थलाले जोडियो सडक संजालमा स्थानीय खु:सी

जिल्लाका सरकारी टाेलि  जुम्लाकाे तातोपानी गाउँपालिकाकाे थलाले  पुगेर सडककाे उद्घाटन गरेको छ। पहिले घाेडा, खच्चड, पिठ्युका भारी बाेक्न बाध्य भएका थलाले बासिलाई सडक सञ्जालले गर्दा खुसि मात्र नभएर सहज  गाडी पुग्दा नागरिक खुसि भएका छन ।

यस्तै  तातोपानी गाउँपालिकाका दुर्गम बस्तीमा पनि सडक सञ्जाल जाेडिन थालेका छन् । स्थानीय तह संचालन भए देखि दुर्गम क्षेत्रमा पनि सडक सञ्जाल जाेडिन थालेका हुन् । यस्तै दुर्गम बस्तिमा गनिने भेरिखाेलाकाे थलाले गाउँमा पहिलाे पटक गाडी पुग्दा त्याहाँका नागरिक खुसि भएका छन् ।

गाउँ सडक सञ्चालनको सञ्जाल सँग जाेडिएकाले गाउँमा पहिलाे गाडि पुगेको हाे । तातोपानी गाउँपालिका वडा नम्वर ८ भाैगाेलिक हिसावले दुर्गम रहेकाे छ । दुर्गम गाउँ थलालेमा सडक बने पछि माघ २९ मंगलबार अर्थात आज गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाई, प्रमुख  जिल्ला अधिकारी राम बहादुर शाहीद्वारा सडककाे उद्घाटन गरिएको छ ।

सडक औपचारीक रूपमा उद्घाटन पश्चात् गाउँमा पहिलाे पटक गाडी पुगेकाे छ । आज जिल्लाका सरकारी टाेलि थलाले पुगेर सडककाे उद्घाटन गरिएको छ। तातोपानी ७ काे पातरसाँघु हुँदै सडक थलाले गाउँ सम्म जाेडिएकाे छ। तातोपानी गाउँपालिकामा सडक पुग्न बाँकि एक मात्र बस्ती थलाले रहेकाे थियाे ।

अन्य वडामा सडककाे पहुँच पुगिसकेको छ । पहिलाे पटक गाउँमा गाडि पुग्दा थलाले बासि खुसि भएका छन् । पहिले घाेडा, खच्चड, पिठ्युका भारी बाेक्न बाध्य भएका थलाले बासिलाई सडक सञ्जालले गर्दा खुसि मात्र नभएर सहजता पनि ल्याएकाे छ ।

वडा नम्बर ७ र ८ लाई पालिकाले मुख्य रूपमा हेरेकाे गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले बताए । उनका अनुसार, सडक सञ्जालले गर्दा थलालेका नागरिक लाई सहज हुने अपेक्षा गरेकाे अध्यक्ष चाैलागाईकाे भनाइ छ ।

विगतमा पनि टाेप्ला हुँदै थलाले जाेड्ने सडक निर्माण पूरा नहुँदा कराेडाैं बजेट खेर गएको थियाे। यस पटक अथक प्रयास पछि सडक पुगेकाेले यसलाई थप दिगाे बनाउनुपर्ने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए ।कठाेर चट्टान छिचाेल्दै थलाले सम्म गाडि पुगेपछि अब थलालेकाे दुखान्त युग सकिएको तातोपानी ८ का वडा अध्यक्ष नर बहादुर रावतले बताए ।

पातरसाँघु बाट थलाले सम्मकाे ४ दशमलव १७ किलाेमिटर दुरिमा विभिन्न चरणमा गरि १ कराेड २० लाख लागतमा थलाले सम्म सडक पुगेकाे जाेखे आटी देखि थलाले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष खेम बहादुर शाहीले बताए । याे आर्थिक वर्षमा ५० लाख लागतमा १ दशमलव ८ किलाेमिटर सडक खनेर गाउँ पुर्याइएकाे उनले बताए ।

पहिले टाेपि खस्ने उकालाेमा निर्माण सामाग्री र खाद्यान्न बाेक्नुपर्न बाध्यता थियाे, अब भने थलाले बासिकाे दुखान्त युग सकिएकाे पूर्ण बहादुर शाहीले बताए ।

यस्तै स्थानीय लाल बहादुर शाहीका अनुसार अब हाम्रा सजताका दिन आएकाे बताए । उनका अनुसार पहिले पिठ्युँमा भारी बाेकेर हिड्थ्याै । अब सरर गाडीमा बजार देखि थलाले सम्म पुग्ने छाै । आज हाम्रा लागि गाैरवकाे दिन भएको खुसि व्यक्त गरेका छन् ।