जुम्ला : नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्थापना गरेकाे पुस्तकालयका लागि लेखक खडानन्द चाैलागाईले पुस्तक सहयाेग गरेका छन् । शाखामा रहेकाे पुस्तकालयमा लेखक चौलागाईंले ११ थान पुस्तक सहयाेग गरेका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंलाई लेखक चौलागाईंले आफ्ना पुस्तकहरू हस्तान्तरण गरे।
पुस्तक हस्तान्तरण कार्यक्रममा लेखक चौलागाईंले पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयको लागि आफूले पुस्तक सहयाेग गरेकाे बताए ।
उनका अनुसार कर्णालीको आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा आधारित पुस्तकहरू छन् । महासंघलाई पुस्तक प्रदान गर्न पाउँदा खुसी व्यक्त उनले गरे। चौलागाईंले `कर्णालीको परिचय´, `मझेरीबाट हेर्दा कर्णाली´, `कर्णालीका आन तथा उखान संग्रह´ जस्ता आठवटा पुस्तक लेखिसकेका छन्।
उक्त अवसरमा बाेल्दै महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले कर्णालीको साहित्य र संस्कृतिको क्षेत्रमा लेखक खडानन्द चौलागाईंको योगदानको प्रशंसा गर्दै पुस्तक हस्तान्तरणको लागि धन्यवाद व्यक्त गरे।
`म हाम्रो पुस्तकालयको पुस्तक अभियानमा सामेल भई थप योगदान गर्न सबैलाई आह्वान गर्न चाहन्छु।´, उनले भने
लेखक चौलागाईं बहुप्रतिभाशाली व्यक्तित्व हुन्। उनले साहित्यकारको भूमिका मात्र निर्वाह नगरी संगीतमा पनि आफूलाई स्थापित गरेका छन्।
कर्णालीका ऐतिहासिक, सामाजिक, र सांस्कृतिक पक्षलाई उजागर गर्न चौलागाईंले लामो समयदेखि लेखनमा सक्रियता देखाउँदै आएका छन्।
महासंघको पुस्तकालय अभियानले स्थानीय पाठकहरूमा पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
जुम्ला दर्पण । १४ पुष २०८१, आईतवार ०८:५५