सहयात्रा परियाेजनाद्वारा तातोपानी गाउँपालिकालाई विपद् प्रतिकार्यका सामग्री प्रदान

जुम्ला: सहयात्रा परियोजनाले जुम्लाको तातोपानी गाउँपालिकालाई भण्डारण र विपद् प्रतिकार्यका लागि लाखाैकाे सामग्री वितरण गरेकाे छ । मंगलबार एक कार्यक्रमका बीच परियाेजनाले गाउँपालिकालाई १६ लाख २६ हजार ७ सय २६ रुपैयाँ बराबरको सामग्री प्रदान गरेकाे हाे ।

सहयोग गरिएका सामग्रीहरूमा अस्थायी टहरा, शौचालय, बालबालिकाका पठन सामग्री तथा गैर-खाद्य सामग्रीहरू समावेश छन्।

विपद्को समयमा उद्धार र राहत कार्यलाई सहज बनाउन अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो।

सहयात्रा परियोजनाका तातोपानी क्लस्टर संयोजक जगदीश सिंहका अनुसार विपद् आइपर्दा प्राथमिक उपचार सामग्री, खाना-पानी तथा उद्धार सामग्रीको समयमा उपलब्धताले मानिसहरूको जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।

सामग्री हस्तान्तरण कार्यक्रमको क्रममा तातोपानी गाउँपालिकाका कार्यवाहक अध्यक्ष विशाल खड्काले विपद् प्रतिकार्य सामग्रीले प्रारम्भिक क्षति नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले प्राकृतिक, मानवजन्य, वा अन्य प्रकारका विपद्का समयमा प्रभावित व्यक्तिहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ती सामग्री उपयोग गरिने जानकारी दिए।

यस्ता सामग्रीहरूले विपद् व्यवस्थापनका क्रममा समयमै आवश्यक स्रोतसाधन जुटाउन मद्दत पुर्‍याने संयोजक सिंहले बताए।

उनका अनुसार गाउँपालिकामा अस्थायी सिकाइ केन्द्र स्थापना गर्ने तयारीमा गाउँपालिका छ ।