तातोपानीलाई अब्बल गाउँपालिका बनाउँछु : अध्यक्ष चौलागाई (भिडियोसहित)

दर्पण संवाददाता,कोहलपुर
जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द्रप्रसाद चौलागाईले आफ्नो गाउँपालिकालाई आगामी पाँच वर्षभित्र विकसित र समृद्ध गाउँपालिका बनाउने बताएका छन् । जनताले आफूलाई गाउँपालिकाको विकास गर्नको लागि जिताएको भन्दै उनले आफ्नो कार्यकालमा अब्बल बनाइने बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका हुन् ।

एनटिभी कोहलपुरको विहानी प्रस्तुति विहानी संवादमा बोल्दै उनले जिल्लाका अन्य पालिका भन्दा फरक खालको विकास मोडल आफूले अपनाएको बताए । उनले तातोपानी गाउँपालिकामा आफूले नयाँ अभ्यासको सुरुवाता गरेको बताए ।

उनले तातोपानी टाइम्स लागू गरिएको, अध्यक्ष र प्रमुखबीच कार्यसम्पादन सम्झौता गरेको र विषयगत शाखा र वडास्तरबाट छिटो छरितो सेवालाई बढवा दिइएको उनको दावी छ । अध्यक्ष चौलागाईसँग एनटिभी कोहलपुरले गरेको कुराकानीको युट्युव लिंक