बाबिरा गाउँ नजिकै खेतमा मृत मानिस फेला

जुम्ला। जुम्ला  लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाकाे तातोपानी गाउँपालिका – ६ का ४५ वर्षीय लक्ष्मीचन्द्र डाँगीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिले जानकारी दिए ।

तातोपानी गाउँपालिका – २ बाँबिरा टाँपुमा मृतक डाँगीको शव बुधबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख कामतिले भने,`सडकबाट लडेर मृत्यु भएको प्रराम्भिक जानकारी प्राप्त भएपछि । थप पोष्र्टमाटमपछि मात्रै थाँहा हुने भएको छ । त्यो स्थानमा यस पटक गरी तीन वटा घटना भईसकेको छ । सडक साँघुरो भएर हो या अन्य कुनै कारण हो । त्यो ठाउँमा नियमित घटना घटिरहेका छन् । ´

सडक सुधार गर्नका लागि सडक डिभिजनलाई पनि भनेका छौँ । तर सुधार हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख कामतिकाे भनाइ छ। तातोपानी गाउँपालिका वडा नं. का वडा अध्यक्ष बिशाल खड्काका अनुसार यो स्थानमा एक साता अगाडि पनि तातोपानी गाउँपालिका ६ का एकराज गौतमको पनि लडेर मृत्यु भएको अबस्थामा सब फेला परेको  थियो ।व… आलो घाउ सेलाउन नपाउदै उहि स्थानमा अर्को घटना भएको छ यसको कारण पत्ता लगाउनु आवश्यक छ ।