जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट

रामप्रकाश विक,जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट गरेको छ। जुम्लामा असिना पानीले स्याउ ओखरको फुल नोक्सान पारेको हो । वर्षासँगै आएको असिनाले स्याउ खेतीमा ठुलो क्षति गरेको हो ।

यस वर्षको असिना पानीले अधिकांस किसानहरुले लगाएका स्याउ र ओखरमा नोक्सान भएको छ । जुम्लामा असिनाले स्याउ र ओखर फूल नष्ट भएका छन्। वैशाख २६ र २७ गते परेकोे असिना पानीले फूलेको स्याउ र ओखरको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्।

फूलेको स्याउको फूल नष्ट गरेपछि अर्को सालको आम्दानिमा कमि आएको गुठिचौर गाउँपालिका वडा ४ का अगुवा किसान रमाकान्त अधिकारीले बताए । असिना पानीले स्याउमा क्षति पुराएपछि यहाँका किसानहरु छाक टार्न धौ-धौ हुने उनले बताए । दाना लागेको स्याउ गुणस्तरीय नहुने र साइजको नहुने हुँदा व्यापारीले लिन नमाने उनकाे भनाइ छ
गतवर्ष स्याउबाट २ देखि ४ लाखसम्म आम्दानि भएको थियो । यस वर्ष ५० हजार पनि आम्दानी नहुने सम्भावना रहेको अधिकारिले बताए । स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षति भएको किसान अधिकारीले बताएका हुन् ।

३० वर्षदेखि स्याउ खेति गर्दै आउनु भएका किसान अधिकारीले असिना पानीले स्याउमा नोक्सान पुराई दिएपछि चिन्तित हुनु भएको छ। स्याउ खेतिबाटै जिविका निर्वाह गरिरहनु भएका गुठिचौर गाँउपालिका-२ का किसान खेम राज वुढाले जिविका निर्वाह गर्न समस्या हुने बताए ।
उनले भने,–स्याउ बेचेरै गत वर्षहरुमा ३लाख बढि आम्दानी भएकाे थियाे । तर यो वर्षमा ३०/४० हजार पनि आम्दानी नहाेला जस्ताे छ ।
उनीहरू दुई जना प्रतिनिधि पात्र मात्रै हो । यस्तै धेरै किसाको क्षति भएको छ ।

असिना पानीले स्याउ ओखरको फुलमा क्षेति पु¥याए पछि किसान चिन्तित भएको गुठिचौर गाँउपालिका वडा २ का वडा अध्यक्ष दिप बहादुर ऐडिले बताए । । यो सिजन स्याउ ओखर फुल्नु र असिना पानी पर्नुले किसान् मर्कामा परेको उनको भनाइ छ् ।

अध्यक्ष ऐडिले वडाबासीलाई क्षतिको विवरण हेरेर सहयोग गर्ने र पालिकामा पनि पहल गर्ने बताए गुठिचौर–२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि किसान चिन्तित भएका छन्। गुठिचौर-२ का वडाध्यक्ष ऐडिका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ७ हजार बढि स्याउका विरुवाको फूल नष्ट गरेको बताएका छन् ।

त्यस्तै पातरासी, गुठीचौर, चन्दननाथ, तातोपानी लगायत अन्य ठाउँमा सबैभन्दा धेरै स्याउ पाइने क्षेत्र मानिन्छ । तर स्याउ धेरै पाउने ठाँउमा असिना पानि पर्दा किसान भने सम्मस्यामा परेका छन् ।