बेलायती महारानी एलिजाबेथको निधन

काठमाडौँ -बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् । उनले ७० वर्षसम्म शासन गरिन् । उनकोको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् ।

चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताएका छन् । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ ।