जुम्लामा आगो लाग्दा दुई घर जलेर नष्ट भएका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ३ सिमखाडामा आगलागी भएको हो ।
अतानक दिउसाे २:४५ बजे तिर चन्दननाथ नगरपालिका ३ का धर्मलाल उपाध्याय , नन्दसरण उपाध्याय र मयालाल उपाध्यायकाे घरमा आगलागी भएको थियो । विद्युतको तार सर्ट भयर घरमा आगलागी भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका
प्रमुख छेदीलाल कामतिले बताए ।
अचानक घरमा लागेकाे आगाेले धर्मलाल उपाध्याय र नन्दसरण उपाध्यायकाे घर पुर्ण रूपमा जलेर नष्ट भएका छन् । भने एक घरमा आंशिक क्षेति भएको छ ।
सिमखाडा गाउँमा पानीकाे अभाव र सुख्खा भएकाले आगाे नियन्त्रणमा समस्या भएकाे छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयकाे सक्रियतामा आगाे नियन्त्रण गर्ने प्रयास भइरहेकाे छ ।
डिल्ली कामी । २१ माघ २०८१, सोमबार १७:२१