हिमाका संस्थापक अध्यक्ष शाहीको सम्झनामा फाउन्डेसन स्थापना गरिने

जुम्ला: जुम्लाको हिमा गाउँपालिकाका पूर्वअध्यक्ष रजबहादुर शाहीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम भएको छ । शाहीको निधन भएको १३ औ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । शाहीको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम शाहीकै जन्मघरमा सम्पन्न भएको हो ।


स्व रज बहादुर शाही सम्झनामा रज बहादुर शाही फाउन्डेसन स्थापना गरिने भएको छ ।

फाउन्डेसन स्थापनाले मुनाफा रहित समाज रुपान्तरणमा पहलकदमी लिने समाजिक विकासका लागि समाजको आर्थिक उन्मुक्ति, शिक्षा, स्वास्थ्यमा पहुच बिनहरुको , गरिव तथा जेहेन्दार व्यक्तिको लागि राष्ट्र निर्माणको अग्रहणी मोर्चा समाल्ने युवाहरुको खेल क्षेत्रको बिकासका एवम साँस्कृतिक रुपान्तरणका लागि आवाज बिहिनको आवाजका हुनका लागि स्थापना गर्ने निर्णय नेकपा माओवादी केन्द्र हिमा गाउाँपालिका कमिटीले निर्णय गरेको विद्यार्थी नेता अमरजङ शाहीले वताए