जुम्ला । नेपाल निजामति कर्मचारी यूनियन जुम्लाकाे नवाैँ जिल्ला अधिवेशनकाे उद्घाटन शत्र सुरु भएकाे छ ।राष्ट्सेवा,निस्पक्षता,तटस्थता र कर्मचारी एकता भन्ने नाराका साथ नवाैँ जिल्ला अधिवेशन उद्घाटन शत्र सुरु भएकाे हाे ।
कर्मचारी यूनियनका चन्दननाथका अध्यक्ष क्षेत्र बहादुर महतले अन्य संगठनका भन्दा यूनियनमा आबद्द कर्मचारीले सरल,छिटाे,छरिताे जनतालाई सेवा दिनु पर्ने बताए । साथै स्थानीयतहका कर्मचारी युनियन कमिटिका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका छन् ।
नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला अध्यक्ष उपेन्द्र चाैलागाँईकाे अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे प्रमुख आतिथ्यता र कर्मचारी यूनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर खड्काकाे विशेष आतिथ्यतामा अधिवेशनकाे उद्घाटन शत्र सुभारम्भ भएकाे छ ।
उद्घाटन शत्रमा कर्मचारी यूनियनकाे विभिन्न पदमा रहेका व्यक्तिहरुले शुभकामना मन्तव्य दिने क्रम चलिरहेकाे छ । उद्घाटन सकिए लगत्तै नयाँ नेतृत्व छनाेटका लागि बन्द सत्र सुरु हुने छ ।
बन्दसत्रबाट अब्बल तथा कर्मचारीका हितमा काम गर्ने सशक्त टिम सर्वसम्मत चयन हुने अपेक्षा व्यक्त गरिएकाे छ ।
शनिवार जुम्ला सहित देशका ३६ जिल्लामा कर्मचारी यूनियनकाे अधिवेशन संचालन भईरहेकाे छ ।
डिल्ली कामी । २६ माघ २०८१, शनिबार १३:५५