प्रतिष्ठानमा दाईकाे नेतृत्वमा नाराजुलुस, संसदमा बहिनीकाे विराेध

जुम्ला, आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे हाताभित्र नेपाली कांग्रेस जिल्ला सचिव अर्जुनसिंह कठायतकाे नेतृत्वमा नाराजुलुस गरियाे । सचिव कठायतकाे नेतृत्वमा गएकाे टाेलीले अस्पताल जस्ताे संवेदनशील क्षेत्रमा पार्टीकाे झण्डासहित नारा जुलुस गरेकाे थियाे । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल जुम्ला सम्बद्व युवाहरू नाराजुलुस र हाेहल्ला गर्दै प्रतिष्ठान भित्र प्रवेश गरेका थिए ।

हाम्राे माग पुरा गर, हाम्राे आन्दोलन जारी छ लगायतका नारा लगाउँदै उक्त टाेली जुम्ला बहुमुखी क्याम्पसबाट मानव चाेक हुँदै प्रतिष्ठान भित्र प्रवेश गरेकाे थियाे । सुरूमा अस्पतालकाे गेटमा रहेका कर्मचारीले राेक्न खाेज्दा नाराजुलुसकाे नेतृत्व गरेका सचिव कठायतले नै बलजफ्ती गरेका थिए । उनले नै अटेरी गरेपछि युवाहरूकाे टाेली अस्पताल भित्र प्रवेश गर्याे । त्यसपछि टाेली सिधै उपकुलपतिकाे कार्यकक्षतर्फ गयाे ।

नाराजुलुससहित टाेली आउने सुइकाे पाएका उपकुलपति डा. मंगल रावल कार्यकक्षकाे च्यानल गेटमा ताल्चा पड्काएर बसेका थिए । रिसले चुर भएका नेवि संघ र तरूण दल सम्बद्व युवाहरूले नाराजुलुस गरे । हुलदंगाकाे प्रयास गरे । उपकुलपतिविरूद्व नारा लगाए ।

मागपत्र बुझाउन आएका उनीहरूलाई उपकुलपतिले समय नदिएपछि तालाबन्दीकाे समेत प्रयास गरेका थिए । तर पछि प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले विराेधी समुहसँग समन्वय पछि नेवि संघ र तरूण दलका दुई/दुई जना प्रतिनिधि गएर उपकुलपतिपछि रावललाई ४८ घण्टे अल्टिमेटमसहित २२ बुँदे मागपत्र बुझाए ।

नेविसंघ र तरूण दलले उपकुलपति र रजिष्टारकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामासमेत मागेका छन् । यस्तै अन्य सेवाप्रवाहलाई व्यवस्थित बनाउनुपर्ने उनीहरू माग छ । उक्त घटनालाई जुम्लाका केही मिडियाले प्राथमिकताका साथ प्रसारण गरे ।

उक्त विषय साेमबार प्रतिनिधि सभामा पनि उठेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले उठाएकी हुन् । अस्पताल हाताभित्र नेपाली कांग्रेस निकट नेविसंघ र तरूण दलका कार्यकर्ताले पार्टीकाे झण्डासहित हुलहुज्जत गरेकाे भन्दै खेद् प्रकट गरेकी हुन् । ज्यानकाे आशासहित उपचार गराईरहेका बिरामी र सुगम् क्षेत्रका सुखसयल त्यागेर दुर्गममा सेवा गरिरहेका डाक्टरमा अगाडि अमर्यदित रूपमा प्रस्तुत हुनु दलीय व्यवस्थाकाे उपहास भएकाे उनकाे भनाइ छ ।

`पार्टीकाे झण्डासहित पुगेका पुगेका कांग्रेस कार्यकर्ताहरूले प्रतिष्ठान घेराउ र अमर्यदित गतिविधि गरेकाे देखिन्छ । कर्णाली र सुदूरपश्चिमसहितका १३ जिल्लाका नागरिककाे ज्यान बचाइ राखेकाे प्रतिष्ठानलाई धमिल्याउन खाेज्नु खेदजनक विषय हाे । युवा र विद्यार्थी देखाएर स्वयंम नेपाली कांग्रेस पार्टीका जिल्ला सचिवकाे नेतृत्वमा हुलहुज्जत गर्नु कानुन विपरीत कदम हाे । उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ ।´, सांसद कठायतले भनिन् ।

उसाे त पछिल्लो समय सचिव कठायत प्रतिष्ठानविरूद्व समाजिक सञ्जालमा आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् ।  संयाेग नै मान्नुपर्छ, अस्पतालमा नाराजुलुस गर्ने अर्जुन र साेही विषयमा सलंग्नलाई कानुनी कारबाहीकाे माग गर्ने विनिता सहाेदर दाजुबहिनी हुन् ।नेपाली कांग्रेस निकट एक कर्मचारीलाई स्पष्टीकरण साेधिएकाे विषयलाई लिएर नेपाली कांग्रेसले प्रतिस्राेधले विराेध गरिरहेकाे प्रतिष्ठान स्राेतकाे दाबी छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षा सम्बन्धि ऐन २०६६ काे पहिलाे संशोधन २०७९ काे दफा ३ ले अस्पतालमा ताेडफाेड,हाेहल्ला र तालाबन्दी जस्ता कार्य नगर्ने उल्लेख गरेकाे छ । साेही दफाकाे उपदफा क मा स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मीलाई घेराउ,अपमानजनक व्यवहार र हातपात गर्न नपाइने व्यवस्था छ ।