जुम्ला : नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ । तरुण दलको ५औँ जिल्ला अधिवेशनबाट एक साता लामो प्रयासपछि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

हेम बुढ्थापाको अध्यक्षमा नेपाल तरुण दल जुम्लाको ३० सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षहरुमा रतनबहादुर शाही र माधव राज शर्मा चयन भएका छन् ।
सचिवमा कृष्ण प्रसाद उपाध्याय निर्वाचित भए । सह सचिवमा कमल बहादुर बोहोरा र कोषाध्यक्षमा डिल्ली प्रसाद उपाध्याय चयन भएको निर्वाचन अधिकृत भक्त बहादुर बुढाले बताए ।
नेपाल तरुण दल जुम्लाका पार्षदका रुपमा घनश्याम थापा, जगत बहादुर शाही र चन्द्रिका बस्नेत ‐महिला)मा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित बुढ्थापा चन्दननाथ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षसमेत हुन् । यसअघि उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनीसहित ६ जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
सहमति हुन नसकेपछि निर्वाचन कार्यतालिका नै सार्वजनिम गरिएको थियो । तर सहमतिमै नेतृत्व चयन गर्न भन्दै तीन सदस्यीय उच्च स्तरीय समिति बन्यो । उक्त समितिको समन्वयमा अन्नत सर्वसहमत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

जुम्ला दर्पण । १६ श्रावण २०८२, बिहीबार १६:३६