मैले तिम्रो नजिक आउन के गर्नुपर्ला
साँच्चै तिम्रो साथ पाउन के गर्नुपर्ला
सोच्दै बसेको हुन्छु तिमीलाई सम्झेर,
भन तिम्रो सिउँदो रङ्गाउन के गर्नुपर्ला?
सोधी रहन्छौ प्रश्नहरू पिर परेको बेला
समाधान कसरी गरू पिर परेको बेला
आफ्नाहरूले त साथ छोड्दा रहेछन्,
कसरी तिम्रो भरपरु पिर परेको बेला।
कसले बनायो भगवान पत्थरमा राखेर
पुज्नुपर्ने खास त बाआमा घरमा राखेर
दान दक्षिणा चढाउँदै हिँड्छन् मन्दिरमा,
आखिर बाआमाका इच्छा रहरमा राखेर।
खुशी जति अन्तै बसाँई सर्छ किन होला।
आशा जति कलिलैमा मर्छ किन होला।।
सुख मेरो पाहुना भयो, दु:ख मेरो साथि।
पीर जति मलाई मात्र पर्छ किन होला।।
जुम्ला दर्पण । २३ जेष्ठ २०८२, बिहीबार २०:०५