तातोपानी गाउँपालिकामा दीप प्रज्वलन र वृक्षारोपण गरेर मनाइयो गणतन्त्र दिवस

जुम्ला ः जिल्लाको तातोपानी गाउँपालिकामा १८औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । यसैगरी दिवसको अवसरमा दीप प्रज्वलनका साथै वृक्षरोपणसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रभातफेरीमा जनप्रतिनिधि,कर्मचारी तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो । सहभागी कर्मचारी र जनप्रतिनिधिहरुले ‘१८औँ संविधान दिवस सफल पारौ,वीर शहिद अमर रहुन्,संविधानको रक्षा गरौँ,’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उक्त अवसरमा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई गणतन्ब दिवस जनताले अधिकार प्राप्त गरेको विशेष दिन भएको बताए । उनका अनुसार गणतन्त्र जनताको शासन हो । यसको रक्षाको लागि सबै एकजुट हुन आवश्यक छ । उनका अनुसार दिवसको अवसरमा १४ गते साँझ दीप प्रज्वलन गरिएको थियो ।

१५ गते बिहान ८ बजे गाउँपालिका प्राङ्गणमा जनप्रतीनिधि र कर्मचारी एवं सर्व साधारण जम्मा भइ प्रभात फेरीसहित विविध प्रकारका बोट बिरुवाको बृक्षरोपण गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए । त्यसपछि कोण सभामार्फत कार्यक्रममा भब्य रुपमा सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।