सिंजा गाउँपालिका सय दिन : खस भाषा संरक्षण देखि एफ.एम संचालनसम्म

डिल्ली अन्जान

जुम्ला : स्तानीय तह निर्वाचन २०७९ मा निर्वाचित भए पछि जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले कार्यभार सम्हाले । आज बिहीबार उनले कार्यभार सामालेको एक सय दिन पुग्यो । उनले यो समय अवधिमा गरेका कार्य अर्थात प्रगति आज सार्वजानिक गरेका छन् ।

सिंजा गाउँपालिका नव निर्वाचित जनप्रतिनिधिले १ सय दिन सम्म सम्पन्न गरेका प्रगति अर्थात कार्यहरु यस्ता छन् ।

१,सार्वजानिक सुनुवाई सम्पन्न ।
२,टेलिफोन टावर सुचारु ।
३,सिजा खोला एफ.एम संचालनमा ।
४,पहिलो पटक खस भाषबाट आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रम प्रस्तुत।
५,गाउँपालिकाको आफ्नै प्रशासकीय भवन संचालन गरेको ।
६,सिंजा गाउँपालिका प्रत्यक महिनाको १ गते हाट बजार संचालनको सुरुवात ।
७,धिताललिही बत्तिको बाध मर्मत गरी बत्ति संचालनमा ल्याएको ।
८,वर्षायमको पहिरोले गर्दा अवरुद्ध विभिन्न ठाउँका सडक मर्मत गरी संचालनमा ल्याएको ।
९,वडा नम्बर ५ मा वृहत खानेपानिको सर्वेक्षण गरिएको ।
१०,नदिजन्य गिट्टी वालुवाको आ.इ.इ का लागि प्रक्रिया अगाडि बढाएको ।
११,विद्यालयमा गुणस्तर शिक्षा सुधार अभियान गरेको ।
१२,विद्यालयमा शिक्षामा सुधार गर्नको लागि प्र.अ र वि.व्या.स सँग अन्तरक्रिया कार्यक्रम गरेको ।
१३,विद्यालय अनुगमन गरि विद्यालयको समस्या लाई पहिचान गरि समस्या लाई सुधार गरियो ।
१४,विज्ञ समुह गठन र सुझबको लागि प्रस्ताव पेश गरियो ।
१५,सिंजा गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्र सुधार गरी संचालनमा ल्याइयो ।
१६,सिंजा गाउँपालिकामा ल्याप स्थापना प्रक्रिया सुरु ।
१७एम.वि.वि.एस डक्टर उपलब्ध गर्ने सहमति भएको ।
१८,सिंजा गाउँपालिकामा कार्यरत करार कर्मचारीहरुको नायाँ करार सम्झौता गरियो ।
१९,सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्ने गरियो ।
२०,निति तथा कार्यक्रम र बजेटको विषयमा सर्वदलीय सुझाव संकलन गरि निति तथा कार्यक्रक पेश गरियो ।
२१,नापी मालपोत र कृषि विकास बैंक स्थापनका लागि प्रक्रिया अगाडि बढाइएको ।
२२,शान्ति जन आधरभुत विद्यालयमा कक्षा कोठामा पि .सि.सि सम्पन्न गरेको ।
२३,आवश्यकता परेका विद्यालयहरुमा स्वोयम सेवक शिक्षकहको विज्ञापन गरियो ।
२४,प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तरर्गत रोजगार सहायक कर्मचारी विज्ञापन गरियो ।
२५,स्वास्थ्य चौकीमा ल्याव टेक्नीसिनयान र ल्याव असिस्टेन साहयक पाचौं र चांैथो तहमा विज्ञापन गरियो ।
२६,निःशुल्क स्वास्थ्य शिविर , जेष्ठ नागरिक सम्मान कार्यक्रम ।
२७,महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई वहिरङ्ग उपचार केन्द्र संचालन र पोषण परामर्श पालिका स्तरीय कार्यक्रम ।
२८,महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका आधारभुत तालिम पालिका स्तारीय ।
२९,धापा स्वास्थ्य चौकीमा पोषण मैत्री र किशोर किशोरी मैत्री संख्या घोषणा ।
३०,आमा सुरक्षा सँग सम्बन्धी आपश्यक पर्ने औषधी उपकरण व्यवस्थापन धापा,नराकोट र सानिगाउँ स्वास्थ्य चौकीमा कार्यक्रम ।
३१,सिंजा गाउँपालिका स्तारीय जनप्रतिनिधि र सरोकारवाला सस्था स्वास्थ्य समस्या तथा सामाधानको उपायवारे छलफल अन्तरक्रिया कार्यक्रम ।
३२,सिंजा गाउँपालिका को स्वास्थ्य निति तथा कार्यक्रम ।
३३,सिंजा गाउँपालिका वडा नम्बर २ विष्टवाडा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रम तथा कर्मचारी व्यवथापन र संचालन ।
३४,सिंजा गाउँपालिका वडा नम्बर ६ को आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रम तथा कर्मचारी व्यवथापन र संचालन ।
३५,आर्थिक वर्ष २०७९÷०८० सालमा वडा बाट पोसिलो पिठो वितरण हजार दिनका आमाहरुलाई संचलन प्रक्रिया सुरु ।
३६,विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न ।
३७,पालिका स्तारीय स्वास्थ्य क्षेत्रको आर्थिक वर्ष २०७८÷२०७९ को वार्षिक समिक्षा गोष्ठी कार्यक्रम संचालन जिल्लामा पहिलो ।
३८,वडा नम्बर २ मा आधारभुत ूवास्थ्यकेन्द्र विष्टवाडा वर्थिङ सेन्टर संचालनको लागि जिल्ला जन स्वास्थ्य सेवा कार्यालयबाट अनुमति प्राप्त ।
३९,नराकोट स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्थापनको लागि कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान बाट डाक्टरको लागि पहल कागजि प्रक्रिया अगाडि बढाएको ।
४०,नराकोट स्वास्थ्य चौकी रवडा नम्बर २ प्रयोगशालाको कर्मचारीको लागि विज्ञापन भइसकेको ।
४१,जेष्ठ नागरिक घर दैलोकार्यक्रमको कागजी प्रक्रिया अगाडी बढाएको ।
४२,वडा नम्बर ४ मा आधारभुत स्वास्थ्य केन्द्रको कर्मचारी व्यवस्थापन भई सकेको ।