जुम्ला :नेपाली कांग्रेस जुम्लाले विशेष महाधिवेशन बोलाउन माग गरेको छ । जुम्लाका आठ वटै जिल्लाका सभापतिसहित आठ जनाले नेताहरुले तत्काल विशेष महाधिवेशन वा महाधिवेशन सम्पन्न गरी फागुन २१ गते तोकिएको निर्वाचनमा भाग लिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवार तोकेरै चुनावमा सरिक हुनुपर्ने माग गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्रमा राजनीतिक सन्यासको व्यवस्था गर्न,एक पद एक व्यक्तिको सिद्धान्तु लागू गर्नुका साथै पदावधि स्पष्ट र सीमित बनाइनुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक पदहरुको अवधि तोकिनुपर्ने,पार्टीमा आर्थिक पारदर्शिता तथा सुशासन कायम गरिनुपर्ने जनाइएको छ ।

जुम्ला दर्पण । २ आश्विन २०८२, बिहीबार २०:१०