मुगुमा ‘छाँयानाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने मन्त्रीपरिषद्को निर्णय

मुगु : कर्णाली प्रदेशको मुगुमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना हुने भएको छ । मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा छाँयानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने नेपाल सरकारले निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले निकुञ्ज स्थापनाको प्रस्ताव पेस गरेका थिए । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले मुगु जिल्ला स्थित मुगुम कर्मारोङ गाउँपालिकामा छाँयानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको मन्त्री शाहीको सचिवालयले जनाएको छ । शाही मुगुबाट निर्वाचित सांसद हुन् । मुगुमा अहिले रारा राष्ट्रिय निकुञ्ज छ । यो संगै मुगुमा निकुञ्जको संख्या दुई वटा हुने भएको छ । देशभर निकुञ्जको संख्या १२ वटा रहेको छ । यो सँगै निकुञ्जको संख्या १३ पुग्ने भएको छ ।