तेस्रो पटक जुम्लामा स्याउ महोत्सव हुदै

डिल्ली अन्जान

जुम्लामा तेस्रो  पटक स्याउ महोत्सव लाग्ने भएको छ ।  भदौ २८ गते जुम्लाको मुख्य बजार बाल मन्दिरमा महोत्सव लाग्ने भएको हो ।

आज पत्रका  सम्मेलन गर्दै  जुम्लीको स्याउको बजारीकरणका साथै किसानको आम्दानी  बृद्दिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए ।

 

विगत दुई वर्ष पहिले लगातार स्याउ महोत्सव गर्दै आएका थियौं । तर पछिल्ला दुई वर्षमा कोरोना महामारीले महोत्सव हुन सकेन् । कार्कीले भने, तर यश वर्ष चर्चित कलाकार प्रकाश सपूत र स्थानिय झांक्रि सहित महोत्सव लगाउने तयारी गरेको बताए ।

एक दिन अन्तरक्रिया र अर्काे दिन महोत्सव गरि दुई दिन लाग्ने भएको छ । स्याउ महोत्सवका लागि अनुमानित ५ लाख खर्च लाग्ने आँकलन गरिएको समेत कार्किले पत्रकार सम्मेलन मार्फत शुक्रबार जानकारी दिए ।

महोत्सवको आयोजना भने कान्जिरोवा टाईम्स मासिक पत्रिकाले गरेको छ ।