जुम्लामा श्रीमानको कुटाइ वाट श्रीमतीको मुत्यु।

दर्पण संवाददाता जुम्ला : जुम्लाको तिला गाउँपालिकामा पतिको कुटाइबाट पत्निको मृत्यु भएको छ।

तिला–४ नुवाकोटमा पतीको कुटाइबाट पत्निको मृत्यु भएको हो। ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २१ मामता नेपालीलाई  हत्या गरेका हुन्। प्रहरीका अनुसार श्रीमती कति वर्षकी हुन भन्ने खुलेको छैन।  जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको छ। सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

 केही दिन अघिनै हत्या गरिएको प्रहरीको अनुमान 

’प्रारम्भिक बयानमा श्रीमान्ले कुटपिट गर्दा बेहोस भएको बताएका छन’, प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले भने, ‘कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ।’

शनिबार तिलागाउँपालिकाको एम्बुलेन्समा राखेर  शब पोस्टमार्टमको लागी  प्रतिष्ठानमा ल्याइएको छ। ‘प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो। शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ उनले भने, ‘शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्ने छ।’

श्रीमान्ले श्रीमती बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुने प्रहरीले बताएको छ।