जुम्ला : जिल्लाकाे सिञ्जा गाउँपालिका वडा नम्बर २लाई बालविवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरिएकाे छ । शनिबार एक समाराेहका बीच वडा नम्बर २ लाई बालविवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरिएकाे हाे ।
एक समाराेहका बीच सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले वडा नम्बर २ लाई बालविवाह मुक्त र शतप्रतिशत विद्यार्थी भर्ना वडाका रूपमा घाेषणा गरेका हुन् । बालविवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा हुने वडा नम्बर २ सिञ्जाकाे तेस्राे वडा हाे ।
सिञ्जा-२ का विद्यालय भर्ना उमेर समुहका सबै बालबालिका विद्यालयकाे पहुँचमा पुगेकाे सुनिश्चित भएकाे छ । भने बालविवाह मुक्त वडा घाेषणा हुनु अगाडि ताेकिएका विभिन्न १५ वटा सूचक सबै पूरा भएपछि वडालाई बालविवाह मुक्त गरिएकाे सिंजा-२ का वडाध्यक्ष तीर्थ वडले बताए ।
उक्त वडामा रहेका घाेडेङगा, बिष्टबाडा, रनुखाना, अगस्तीबाडा,चुलेलगाउँका कूल ४ सय १० घरधुरी बालविवाह विरुद्व एकजुट भएसँगै वडालाई जिल्लाकै छैटाै वडाका रुपमा बालविवाह मुक्त वडा घाेषणा भएकाे हाे ।
उक्त वडामा रहेका माध्यमिक विद्यालय चुलेलगाउ,राेप्नी जनजागृती आधारभूत रनुखाना,कालिका आवि विष्टबाडामामा विद्यालय उमेर समुहका ४ देखि माथि र १६ वर्षमुनिका सबै बालबालिका विद्यालयकाे पहुँचमा पुगेकाे सुनिश्चित भएपछि शतप्रतिशत विद्यार्थी विद्यालय घाेषणा गरिएकाे हाे ।
पेश नेपाल,क्याड नेपाल र प्लान नेपालकाे सहयाेग तथा समन्वय र वडा नं २ काे आयाेजनामा बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे ।
निर्धारित सूचक पूरा गर्दै सिञ्जा-२ जिल्लाकै छैटाे वडाका रुपमा बालविवाहमुक्त घाेषणा भएकाे सिञ्जा गाउँपालिका वडा नं २ का वडाअध्यक्ष वडले उल्लेख गरे । उनका अनुसार विद्यालय उमेर समुहका काेहीपनि बालबालिका घरमा छैनन् । भने उमेर नपुग्दै हुने विवाह पनि शुन्यमा झरेकाे छ ।
सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ग्रामीण गाउँमा जनचेतना अभिवृद्धि भएसँगै बालविवाह घट्नुका साथै विद्यालय पहुँचमा बालबालिकाकाे वृद्धि भएकाे बताए । सामाजिक सशक्तीकरणका लागि पालिकाले पनि लगानी गर्दै आएकाे उल्लेख गरे ।
बालविवाह मुक्त वडा घाेषणा प्रक्रिया सम्म आईपुग्दा स्थानीय सरकारसँग समन्वय गरि पेश नेेपाल,प्लान नेपालले विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घाेषणा गर्ने सरकारी लक्ष्यनुसार वडा हुँदै पालिका धमाधम बालविवाहमुक्त घाेषणा हुन थालेका छन् ।
घाेषणा कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले बालविवाहविरुद्व एकजुट हुने ऐक्यबद्धता जनाए । बालविवाहकै कारण शिक्षा,स्वास्थ्य,राेजगारका अबसरबाट बन्चित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकाेले राजनीतिक दलदेखि नागरिक अगुवा जागरुक हुनु पर्नेमा जाेड दिए ।
क्याड नेपाले उक्त वडामा विद्यालय बाहिर बालबालिका रहे नरहेकाे विषयमा सर्वे गर्याै । सर्वेका क्रममा वडाभरी ६ जना बालबालिका मात्रै विद्यालय बाहिर रहेकाे भेटियाे । उनीहरुलाई आबश्यक शैक्षिक सामाग्री सहयाेग गरि विद्यालयकाे पहुँचमा पुराएपछि शत प्रतिशत विद्यार्थी भर्ना वडा घाेषणा गरिएकाे राजेश प्रकाश ऐडीले बताए ।
उक्त वडामा बालविवाह घाेषणा हुनु अघि जनचेतना अभिवृद्धि ,घरधुरी सर्वेक्षण,सामाग्री सहयाेग लगायतका काम गरेकाे पेश नेपालका परियाेजना अधिकृत उषा ज्ञवालीले बताइन् । उक्त सभामा वडा नम्बर २ का नागरिकहरूकाे सहभागीता रहेकाे थियो ।
जुम्ला दर्पण । १ मंसिर २०८१, शनिबार २१:१३